
सुखड । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जिल्ला अधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा मतदान सम्पन्न भए लगत्तै सरसफाई गरेको छ ।


शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका-१, मा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा मतदान बिहान देखि सुरु भएको थियो । बिहान देखि सुरु भएको मतदान साँझ ढिला गरी सम्पन्न भएको थियो । मतदान सम्पन्न भए लगत्तै अनेरास्ववियुले मतदान स्थल सरसफाई कार्यक्रम गरेको थियो ।
अनेरास्ववियुले मतदान स्थलमा भएका सम्पूर्ण फोहोर सङ्कलन गरेको अनेरास्ववियु कैलाली जिल्ला संयोजक कपिल सापकोटाले जानकारी दिए । मतदाताले प्रयोग गरेका पर्चा, पम्प्लेट, ब्यानर, पानीका बोतल, कागज लगाएका फोहोरहरु सङ्कलन गरेको जनाएको छ ।

एमालेको नौं जिल्ला अधिवेशन फागुन ६ गतेदेखि सुखडमा सुरु भएको थियो । अधिवेशनको उद्घाटन भने पार्टीका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । अधिवेशन उद्घाटन भएको लामो समय हुँदा पनि नेतृत्व चयनमा भने ढिलाइ भएको छ। बिहीबार बिहानै हुने भनेको चुनावी कार्यक्रम हुन सकेन । परिणामस्वरूप शुक्रबार बिहान देखि मतदान सुरु भएको हो ।



