कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने योजनामा रहेको बताएका छन् । मङ्गलवार सुदूरपश्चिम प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
“हामीले अहिले कक्षा १० सम्मको शिक्षालाई निःशुल्क गरेका छौ । मुख्यमन्त्री र मन्त्री ज्युहरू यही हुनुहुन्छ । बर्दगोरियाको लागी उहाँहरूको माया, साथ र सहयोग अथाह छ । यस्तै साथ पाउँदै गयौ भने हामीले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्ने योजना बनाएका छौ ।” उनले भने ।
उनका अनुसार अहिले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कक्षा १० सम्म निःशुल्क शिक्षा, आन्तरिक स्रोतका शिक्षकलाई गाउँ शिक्षकका रूपमा व्यवस्थापन, कलेज स्थापना तथा सञ्चालन, दिवा खाजा, विभिन्न विद्यालयका भवन निर्माण तथा व्यवस्थापनका कामलाई समेत जोड दिँदै आएको छ ।




