कैलालीको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको अवसरमा पूर्व हाकिम अर्जुन सिंह कार्की सम्मानित भएका छन् । प्रशासनिक भवन निर्माणमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत तहबाट महत्त्वपूर्ण सहयोग गरेको भन्दै गाउँपालिकाले आइतबार उनलाई सम्मान गरेको हो ।
५ वर्ष ७ महिना बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका उनले गत मंंसिरमा स्वऐच्छिक अवकाश लिएका थिए । प्रशासनिक नेतृत्वमा अब्बल र नेतृत्व अवधिमा निर्बिबाद रहेका कार्कीको समग्र पालिकाको बिकासमा उनको योगदानको प्रशंसा गर्ने गरिएको छ । उनको पालामा निर्माण थालिएको पालिकाको प्रशासनिक भवनको आइतबार पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गरेका छन ।