
कैलालीको चिसापानी-कुइने सडक खण्डको डङडङेमा बुधवार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक अछामको पन्चदेवल विनायक नगरपालिका – १ कुईकाका खगेन्द्र ढकाल र सवार उनकी पत्नी नामसरा ढकाल रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिसिंह डाँगीले जानकारी दिए ।
प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्धारमा जुटेको छ । प्रहरीका अनुसार मोटरसाइकल सडक भन्दा करिब ३ सय मिटर तल खसेको छ भने घाइतेको अवस्था जटिल रहेको छ । बर्खामा पहिरो गएको र त्यसैमा भिर भएकाले घाइतेलाई सडकमा ल्याउन कठिन भएको प्रहरीको भनाइ छ । घाइतेलाई कर्णाली नदी तर्फ झारिरहेको र अस्पताल लैजान मोटर बोट सँग समन्वय भइरहेको बताएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


प्रकाशित :- २०८० पुष २५, गते बुधबार