असहायहरूका लागि सहयोगी हातहरू नेपालद्वारा सञ्चालित सहारा घरले निर्माण गरेको लघु चलचित्र “हाम्रो साहारा” सोमबार प्रदर्शन गरिएको छ ।
[spacer height=”30px”]बर्दगोरियाको बौनियामा प्रदर्शन गरिएको पहिलो सो हेर्न गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, वडा अध्यक्षहरू, बर्दगोरियाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
[spacer height=”30px”]
लघु चलचित्र हाम्रो साहाराले एक पाटोबाट सहारा घरको वर्तमान अवस्था, समस्या, आवश्यकता तथा र चुनौतीको चित्रण गरिएको छ । लघु चलचित्रको अर्को पाटोले मोबाइलको प्रयोगले किशोरीहरू कसरी गलत बाटोमा फस्छन् भन्ने कुरा देखाउन खोजिएको छ । यसका साथै बिदेसिनु पर्ने नेपालीको बाध्यता र म्यानपावरहरूको ठगीलाई पनि चलचित्र मार्फत देखाउन खोजिएको छ ।
[spacer height=”30px”]
थुप्रै अभावका बिच स्थानीय स्तरमा राम्रो र सन्देशमूलक चलचित्र निर्माण भएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । चलचित्र मार्फत समाजको सकारात्मक रूपान्तरणका लागि गाउँपालिकाले आवश्यक उपकरण सहयोग गरि यसलाई अभियानका रूपमा अघि बढाउने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।
प्रकाशित :- २०८० पुष ९, गते सोमबार