
सामाजिक सचेतना मुलक लघु चलचित्र हाम्रो साहारा सोमबार बर्दगोरियामा प्रदर्शन हुने भएको छ । असहायका लागि सहयोगी हातहरु नेपालद्वारा संचालित साहारा घरको कथा बस्तुमा तयार पारिएको उक्त लघु चलचित्र सोमबारको प्रदर्शनी पहिलो हो ।

[spacer height=”30px”]
जेसिज हल बौनियामा सोमबार दिउँसो २ बजे नि:सुल्क प्रदर्शन गरिने कार्यक्रममा सम्पुर्णको उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ । सुनिल भण्डारीको कथा र गंगा भुजेलको निर्देशन निर्मित लघु चलचित्रमा साहारा घरको कथा बस्तु संगै सामाजिक सचेतनालाई समेत जोड दिइएको छ ।

प्रकाशित :- २०८० पुष ८, गते आईतवार