कैलालीको चुरे गाउँपालिकाले आफ्नो सीमा क्षेत्रमा बोर्ड लगाएको छ। गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिका बिच लामो समयदेखि सीमा विवाद रहेको ठाउँमा चुरेले आफ्नो पालिका अन्तर्गत वडा नम्बर ४ को सिमानामा बोर्ड लगाएको हो।
यो क्षेत्रमा पर्ने खोलानाला बाट नदीजन्य बस्तु कसले उठाउने भन्ने विषयमा चुरे र गौरीगङ्गा बिच लामो समय देखि विवाद रहँदै आएको छ। गौरीगङ्गा ले बलमिचाइ गरेर आफ्नो पालिकामा पर्ने क्षेत्रबाट नदीजन्य बस्तु उठाउने गरेको भन्दै चुरे गाउँपालिकाले अदालतमा मुद्दा समेत दायर गरेको छ।
प्रकाशित :- २०८० पुष २, गते सोमबार