स्थानीयले मनोमानी गर्दै वन विनाश गर्न थालेपछि निगरानी समिति गठन गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा पर्ने राजकुला सामुदायिक वनबाट घाँस दाउरा चोरी निकासी गरी स–साना बुट्यानहरू समेत काटेर नष्ट गर्न थालेपछि निगरानी समिति गठन गर्नु परेको वडा अध्यक्ष मिथुन गौतमले बताए ।
“हुन त वनको उपभोक्ता समिति छ । समिति भए पनि घाँस दाउरा चोरी निकासीको गर्दै जङ्गल नै नरहला की भन्ने भइसक्यो । समयमै हामीले वनको संरक्षण गर्न सकेनौ भने पछि पछुतो मानेर के फाइदा । हैन त ? त्यसैले वन समिति सँगै निरन्तर निगरानी गरी वन जोगाउन हामीले एक समिति निर्माण गरेका हौ ।” वडा अध्यक्ष गौतमले भने ।
शनिवारको आम भेलाबाट गोरख बहादुर बुढाको संयोजकत्वमा १९ सदस्यीय निगरानी समिति गठन गरिएको छ । यो समितिले वनको निगरानी गर्ने, चोरी निकासी गर्नेलाई जरिवाना गर्ने तथा आवश्यक समन्वय गर्ने काम गर्ने छ ।
प्रकाशित :- २०८० मंसिर ३०, गते शनिबार