कैलालीको घोडाघोडी नगरपालिका वडा न ९ का वडाध्यक्षले मनोमानी गरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको छ । वडाध्यक्ष हरिशचन्द्र शाहले मनोमानी गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन । वडा न ९ फारम,रामशिखरझाला, रतिपुरका स्थानीयले तालाबन्दी सहित अध्यक्ष ज्यु विनाश होइन विकास चाहियो भन्ने पम्पलेट समेत कार्यालयमा टासेका छन् । वडामा योजना तर्जुमा एकलौटी रूपमा गर्ने गरेको,कार्यालय समयमा कार्यालयमा नभेटिने गरेको,उपभोक्ता समिति गठन गर्दा आफ्ना मान्छेलाई मात्रै राख्ने गरेको,आएका बजेटहरू पनि कांग्रेस कार्यकर्ता नभएमा फ्रिज गरेको भन्दै तालाबन्दी गरेको स्थानीय धन बहादुर रावलले बताए । उनले भने,गत ज्येष्ठमा जल उत्पन्न डिभिजन कार्यालय कैलाली बाट ५० लाख बजेट ल्याएका थियौ । डम्बर बहादुर बुढाको अध्यक्षतामा उपभोक्ता समिति पनि गठन गर्यौ, तर आफ्ना मान्छे नराखेको भन्दै अध्यक्षले सिफारिसमा हस्ताक्षर गरी दिएनन् बजेट फ्रिज भएर गयो ।
रतिपुर,फारम,शिखरझाला क्षेत्र डुबान हुने क्षेत्र हो त्यहाँ तटबन्धकै लागि भनेर प्रदेश सरकारबाट १० लाखको योजना ल्यायौ त्यसमा पनि विवाद छ । धन बहादुरले भने,हामीले राम्रो काम गर्लान भनेर प्रत्यक्ष लाभग्राहीलाई नै उपभोक्ता समितिमा राखेका छौ तर वडाध्यक्षले आफ्ना मान्छे राख्नुपर्ने भन्दै विवाद गरिरहेका छन् ।
केही समय पहिले पनि जल उत्पन्न डिभिजन कार्यालय कैलाली बाट १५ लाखको योजना ल्याएर देब बहादुर बुढाको अध्यक्षतामा समिति गठन गरेको बताउदै धन बहादुरले भने, अध्यक्ष नाम मात्रमा सीमित भए त्यो काम पनि वडाध्यक्ष आफैले गरे । राष्ट्रिय दलित नेटवर्कको सुरक्षित आप्रवासका पनि वडाध्यक्षले लापरबाही गरेको उनको आरोप छ ।
आफै योजना ल्याउँदा काम गर्न दिदैनन स्थानीय डम्बर बहादुर बुढा भन्छन्,योजना जस्ले ल्याएपनि वडाको नै विकास हुने हो तर वडाध्यक्षले आफ्ना मान्छे समितिमा नराखे सम्म सिफारिस दिदैनन ।
स्थानीय तेज बहादुर भुलले भने,हामी सिफारिस लिन आयौ तर उहाँले अहिले हुदैन भोलि मेरा मान्छे खोजेर ल्याउछु समितिमा राख्नुपर्छ । तालाबन्दी सुरुवाती चरणमा रहेको बताउँदै आगामी दिनमा वडाध्यक्ष नसच्चिए शसक्त आन्दोलनमा जाने स्थानियहरुले चेतावनी दिएका छन्।