कैलालीको बर्दगोरियामा शान्ति, सद्भाव र मित्रताका लागि मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा कार्तिक १६ र १७ गते खेल हुने जनाइएको छ ।
शुक्रवार बिहान १० बजेबाट वडा नम्बर-४ मुडाबजारको खेल मैदानमा हुने प्रतियोगितामा करिब १४ टिमको सहभागिता हुने आयोजक बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए । आयोजकका अनुसार मैत्रीपूर्ण खेलको विजेताले खसी र उप-विजेताले बोका पुरस्कार पाउने छन् ।
तिहारको अवसरमा साथीभाइको जमघट गर्दै रमाइलो गर्न र आपसी मित्रता र सद्भाव कायम गर्ने यो खेलले सघाउ पुग्ने अपेक्षा गरिएको छ
प्रकाशित :- २०८० कार्तिक १६, गते बिहीबार