नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले गेटामा तत्काल दशरत चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनको माग गरेको छ । पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले आज एक विज्ञप्ति जारी गर्दै तत्काल ६ सय शय्या क्षमताको गेटा मेडिकल कलेज सुरु गर्न र दशरत चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापन गर्न माग गरेका हुन् ।

बुधवारबाट गेटामा सय शय्याको अस्पताल सुरु भएको छ । उक्त कार्य प्रति खुसी व्यक्त गर्दै र धन्यवाद प्रकट गर्दै गेटालाई सय शय्यामा मात्रै केन्द्रित नगर्न ध्यानाकर्षण गराएको छ ।
‘सय शय्या मात्र सञ्चालन गरिने विषयले हामीलाई सशङ्कित बनाएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश परिवार विश्वविद्यालय सम्बन्धी विधेयक शीघ्र पारित होस् र अस्पतालमा ६ सय शय्या पूर्ण रुपमा सञ्चालन गरियोस् भन्ने माग सहित शिक्षा र स्वास्थ्यमा पछाडि परेको सुदूरपश्चिमका जनतालाई सहयोग पुगोस् भन्ने आग्रह पनि गर्दछौँ ’ अध्यक्ष जैशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।



