काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ वर्षका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । सातै प्रदेशका १ हजार जना युवालाई स्वरोजगार बनाउन ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले कम्तीमा १ लाख जना ‘रिटर्नी’ लाई स्वरोजगार बनाउने पनि घोषणा गरेका हुन् । यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई विना धितो ऋण दिने भएको छ । त्यसका लागि वैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने सुनिश्चितता गर्नुपर्नेछ ।
यस्तै श्रम र रोजगारीसम्बन्धी समस्या सम्बोधनका लागि श्रमाधान योजना सञ्चालन गर्ने लगायतका कार्यक्रम बजेटमा उल्लेख छ ।


