कैलालीको बर्दगोरिया गाउँपालिकाले अस्थायी ट्राफिक प्रहरी पोस्ट बौनियालाई मादक पदार्थ चेकिङ मेसिन हस्तान्तरण गरेको छ । दसैँ लक्षित सुरक्षा योजना अन्तर्गत २ लाख बराबरको मापसे चेकिङ मेसिन वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
यो मेसिन नभएर प्रहरीलाई मापसे चेकिङ गर्न समस्या थियो । मेसिन अभावले प्रहरीले कडाइ गर्न पनि सकेको थिएन । अब भने चेकिङ कडाइ मात्र होइन नागरिकको ज्यान समेत जोगिने छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले भने ।
मेसिन प्राप्त भए पछि आफूहरूलाई चेकजाँच गर्न सहज हुने अस्थायी ट्राफिक प्रहरी पोस्ट बौनियाका प्रमुख दशरथ नाथले बताए । रातको समयमा मापसेलाई कडाइ गर्ने उनको भनाइ छ ।
प्रकाशित :- २०८० कार्तिक २, गते बिहीबार