
सुदूरपश्चिमबाट मनसुन बाहिरिएको छ। नेपालको पश्चिम भूभागबाट यस वर्षको मनसुन बाहिरिएको हो। जल तथा मौसम विज्ञान विभागले शुक्रवार यो क्षेत्रबाट मनसुन बाहिरिएको र बाँकी भूभागबाट पनि केही दिनमा बाहिरिने सम्भावना रहेको बताएको छ।

मनसुनी प्रणालीको असर लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा अझै केही दिन रहने देखिन्छ। नेपालमा गत जेठ ३१ गते मनसुन भित्रिएको थियो। तर, करिब एक सातापछि मात्रै देशभरि फैलिएको थियो। गत सोमवार असोज १५ गते नै मनसुन बाहिरिने अनुमान गरिएकोमा यस वर्ष केही ढिला गरी मनसुन बाहिरिन लागेको हो।
विभागले मनसुन बहिर्गमन प्रक्रियालाई सूक्ष्म रूपले अनुगमन गरिरहेको जनाएको छ आंशिक बदलीदेखि सामान्यतया सफा रहने विभागले जनाएको छ।
विभागले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
