कैलालीमा भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीबाट ५ लाख २ हजार २ सय १५ रुपैयाँ मूल्य बराबरका सामान नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
वडाबाट खटिएको प्रहरी टोलीले से १ ह २१८६ नम्बरको अटो रिक्सामा लुकाएर राखिएको अवस्थामा महिला र पुरुषमा कपडाहरू नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार सामान सहित अटो रिक्सालाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी त्रिनगर भन्सार कार्यालय पठाइएको छ ।