
धनगढीमा हुने चौतारी साँझको तयारी पूरा भएको छ । पत्रकार अक्षयकोष स्थापनाका लागी आयोजना गर्न थालिएको साङ्गीतिक कार्यक्रमको सबै तयारी पुरा भएको आयोजक प्रेस चौतारी नेपाल कैलालीले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कार्यक्रममा गायक बद्री पङ्गेनी, गायिका समीक्षा अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोख्रेल, देउडा गायक लालबहादुर धामी (अछामी बड्डो), राम प्रसाद अवस्थी, थारु गायिका सोनु कुश्मी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम मूल आयोजक समितिका संयोजक एवम् प्रेस चौतारी कैलालीका अध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए । कार्यक्रममा प्रवेशका लागी विद्यार्थीका लागी ३ सय र अन्यका लागी १ हजारको टिकट निर्धारण गरिएको छ । कार्यक्रम दिउँसो ३ बजेबाट सञ्चालन हुने छ ।
