कैलालीमा ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय गौरव बमलाई प्रहरीले धनगढीको तारानगरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको टोलीले आशङ्काको आधारमा चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम १ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित :- २०८० भाद्र २५, गते सोमबार