बैङ्किङ कसुर सम्बन्धी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ महितुवाका ३६ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले ६ लाख रुपैयाँको चेक बाउन्स गरी फरार थिए । प्रहरी टोलीले सोमबार उनको घरबाटै पक्राउ गरी उनलाई जिल्ला अदालत कैलालीमा बुझाएको जनाएको छ । पछिल्लो समय बैङ्किङ कसुर सम्बन्धीका मुद्दा निकै बढ्दो क्रममा रहेका छन् ।
प्रकाशित :- २०८० भाद्र २५, गते सोमबार