
कैलालीको महोन्याल गाउँपालिका वडा नम्बर-३ फल्लेबिसौनामा सिचाइ नहर बन्न थालेको छ । कृषि ज्ञान केन्द्र कैलाली र त्रिवेणी पशुपक्षी तथा कृषि समूहको सहकार्यमा बन्न थालेको नहरको बुधवारबाट काम थालिएको हो ।


फल्लेबिसौनाको सिचाइ समस्यालाई मध्यनजर गर्दै नहर निर्माणको काम थालिएको भएपनी यो पर्याप्त नहुने समूहकी अध्यक्ष रेखा बुढा थापाले जानकारी दिइन । “पुरै सिचाइका लागि त करोड बजेट चाहिएला । अहिले जे जति छ काम गर्दै जाऔँ भनेर लागि परेका छौ । यो पटक २ सय मिटर नहर निर्माण गर्ने लक्ष्य लिएका छौ ।” अध्यक्ष थापाले भनिन् ।




