कञ्चनपुरमा अवैध रूपमा नेपाल भित्रिँदै गरेका ६३ हजार एक सय मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको
भिमदत्त नगरपालिका वडा नम्बर ११ चौकी सत्ता भाइरल रोडबाट करिब १७ हजार मूल्य बराबरका मटर र बेलौरी नगरपालिका वडा नम्बर ६ काठे पुलबाट करिब ४६ हजार एक सय मूल्य बराबरका चिनी, मैदा, डिउ, तेल लगायतका खुद्रा सामानहरू आइतबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको थियो । बरामद भएका सामानलाई आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८० भाद्र २५, गते सोमबार