जिल्ला प्रहरी कार्यालय कैलालीले सरुवा तथा काज आदेशअनुसार जिल्लामा हाजिर भएका विभिन्न प्रहरी अधिकृतहरुलाई स्वागत गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागको सरुवा/काज पत्र बमोजिम जिल्लामा हालै हाजिर भएका अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) नरेन्द्र चन्दले स्वागत गरेका हुन ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरमा हाजिर भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगी, इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक खगेन्द्र साउद, इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक खेम बिक्रम के.सी., जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुरज रोकाया, इलाका प्रहरी कार्यालय चिसापानीकी प्रहरी निरीक्षक मीरा खड्का, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहलाई स्वागत गरिएको थियो । 



प्रहरी उपरीक्षक चन्दले सबै नवआएका अधिकृतहरुलाई आगामी कार्यकालका लागि सफलताको शुभकामना दिँदै आवश्यक विभागीय निर्देशन समेत दिएका छन् ।





