घोडाघोडी नगरपालिका–१ सुखडमा ‘बडिमालिका युथ क्लब’ गठन गरिएको छ। शुक्रबार आयोजित एक विशेष भेलाले युवाको नेतृत्वमा सशक्त, सक्षम र सेवा–मुखी संगठनको रूपमा क्लब स्थापना गरिएको हो।
कार्यक्रममा नरेश जंग शाहीको अध्यक्षतामा क्लबको प्रथम कार्यसमिति गठन गरिएको छ। नवगठित समितिमा उपाध्यक्ष भजन बहादुर शाही, सचिव सागर भण्डारी, कोषाध्यक्ष विकास गौतम रहेका छन्। यस्तै सदस्यहरूमा सुशिला शाही, भरमा शाही, सामुदायिक प्रतिनिधि दिपेन नाथ बूढा र विना कुमारी शाही चयन भएका छन्।
क्लब स्थापनाको उद्देश्य युवाको सशक्तिकरण, समाजसेवा, सीप विकास, वातावरण संरक्षण र सशक्त समुदाय निर्माणमा योगदान पुर्याउने रहेको बताइएको छ। संस्थापक पदाधिकारीहरूले क्लबलाई विधिवत रूपमा दर्ता गरी सशक्त ढंगले अघि बढाउने निर्णय समेत गरेका छन्।
भेलामा उपस्थित युवाहरूले ‘स्वस्थ युवा, सबल समाजः बडिमालिका युथ क्लबको बलियो विश्वास’ भन्ने मूल नारासहित एकता, सद्भाव र विकासका अभियानमा सामेल हुने संकल्प व्यक्त गरे।
संस्थापक सदस्यहरूले समाजमा सकारात्मक परिवर्तनका लागि युवा शक्तिको सामूहिक भूमिकालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै क्लबलाई सामुदायिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताइएको ।





