समाचार सारांश
- • मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडीको आयोजनामा कार्तिक २ गतेबाट मदन भण्डारी कप सञ्चालन हुने
- • प्रतियोगितामा १३ वटा स्थानीय तह र ३ वटा बाहिरी क्लब गरी जम्मा १६ टिमको सहभागिता रहने अपेक्षा
- • प्रवेश सुल्क ३ हजार ५ सय तोकिएको छ भने विजेताका लागि ५२ हजार २ सय ५० र उप–विजेताका लागि ३२ हजार २ सय ५० पुरस्कार राशि
- • प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २९ गते भित्र टिम दर्ता गर्न हुन समेत आयोजकले आग्रह गरेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडीको आयोजनामा कार्तिक २ गतेबाट मदन भण्डारी कप सञ्चालन हुने भएको छ । सबैका लागि खेलकुद भन्ने नाराका साथ घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सञ्चालन हुने फुटबल प्रतियोगितामा जिल्लाभरिबाट टिमहरूको सहभागिता रहने आयोजकले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
खेलकुदमा युवाहरूलाई आकर्षण गरी खेलाडी उत्पादनमा जोड दिँदै आएको यस स्पोर्टस् एकेडेमीले यस अघि दुई वटा संस्करणहरू सम्पन्न गरिसकेको छ । प्रतियोगितामा १३ वटा स्थानीय तह र ३ वटा बाहिरी क्लब गरी जम्मा १६ टिमको सहभागिता रहने अपेक्षा आयोजकको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रवेश सुल्क ३ हजार ५ सय तोकिएको छ भने विजेताका लागि ५२ हजार २ सय ५० र उप–विजेताका लागि ३२ हजार २ सय ५० पुरस्कार राशि तोकिएको छ ।
यसका साथै विभिन्न विद्यामा आकर्षक पुरस्कारको व्यवस्था समेत गरेको मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडीका अध्यक्ष पूरण परियारले बताए । उनका अनुसार प्रतियोगिताको लागत खर्च ७ लाख २५ हजार अनुमान गरिएको छ भने प्रतियोगितालाई थप व्यवस्थित र मर्यादित बनाउन उप–सहित समेत गठन गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २९ गते भित्र टिम दर्ता गर्न हुन समेत आयोजकले आग्रह गरेको छ ।


