कैलालीको घोडाघोडी नगरपालिका–८ दिपनगरमा विवाह भोजमा झगडा हुँदा चार जना घाइते भएका छन्।
गए राती करिब १:५५ बजे दीपक बोहोराको घरमा विवाह भोज भइरहेको समयमा सोही वडाका केही युवाहरूको समूहले झगडा तथा कुटपिट गरेका हुन्।
घटनापछि घाइते भएकाहरूलाई उपचारका लागि तत्काल सी एस अस्पताल, सुखडमा पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी रमेश दत्त अवस्थीले जानकारी दिए। हाल उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
घाइते हुनेहरूमा घोडाघोडी नगरपालिका–८ का १९ वर्षीय सागर कडेल (टाउकोमा चोट, अवस्था सामान्य),२० वर्षीय टिकाराम खत्नी (टाउकोमा चोट, अवस्था सामान्य),१६ वर्षीय आदित्य चौधरी (टाउकोमा चोट, अवस्था सामान्य), १७ वर्षीय सागर खत्री (टाउकोमा चोट, अवस्था सामान्य) रहेका छन्।
घटनापछि कुटपिट गर्ने व्यक्ति फरार रहेको र उनीहरूलाई पक्राउ गर्न खोजी कार्य जारी रहेको डीएसपी अवस्थीले बताए । इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।


