कैलालीको घोडाघोडी नगरपालिकामा २०८१ सालको एसइई परीक्षामा सहभागी ३९.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल १५९५ विद्यार्थीमध्ये ६२७ विद्यार्थी उत्तीर्ण भएका हुन् । 
सामुदायिक विद्यालयतर्फ ३५ .७७ र संस्थागत विद्यालयतर्फ ७४.१५ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयहरूबाट सहभागी भएका १४४८ विद्यार्थीमध्ये ५१८ विद्यार्थी अर्थात् ३५.७७ प्रतिशत उत्तीर्ण भएका हुन् । भने संस्थागत विद्यालयबाट सहभागी १४७ विद्यार्थीमध्ये १०९ अर्थात् ७४.१५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्रकाशित :- २०८२ असार १५, आईतवार २०:०२


