कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार साँझ साढे ४ बजेतिरको समयमा बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट प्रहरीले विमल बमका छोरा २० वर्षीय राजन बमलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

बौनिया बजारमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बमलाई चेक जाँच गर्दा ५ सय मिलिग्राम खैरोहिरोइनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
साथै उनको कोठाबाट थप ७ ग्राम ७७० मिलिग्राम फेला पारी कुल ८ ग्राम २७० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।
बमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।



