दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्।
घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेको दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाँक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले बताएका छन् ।
यमबहादुर झाँक्रीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित :- २०८० फाल्गुन ३, गते बिहीबार