कैलालीको जोशीपुरमा १५ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भने, २ जना फरार भएका छन् ।

जोशीपुर गाउँपालिका-६ की १५ वर्षिया किशोरीलाई सामूहिक रुपमा करणी गरेको आरोपमा सोही गाउँपालिका-१ का १८ वर्षिय सुमन डगौरा र वर्ष १८ कै कुशल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीलाई ४ जनाले सामूहिक करणी गरेका बताईएको छ ।
मंसिर २२ गते करणी भएको भए पनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताएका छन् ।
उनीहरूविरूद्ध जबरजस्ती करणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



