
काठमाण्डौ: क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित गरिएको छ । न्यायाधीशले मुद्दालाई आज सुनवाइ हेर्न नभ्याइनेमा राखेका छन् ।

लामिछानेकाे मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु नगरी स्थगित गरे । मुद्दाको अर्को पेसी पनि आजै तोकिने जनाएको छ ।
यस अघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू माग गरेको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।
लामिछानेकाे मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी-२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुने छ ।
