जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगमा मदन राईलाई दोषी ठहर गरेको छ । राईमाथि आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने

बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोप थियो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए ।
राईलाई कति सजाय हुने भन्नेबारे भने अर्को पेसीमा सुनुवाइ हुने भएको छ । सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि माघ २५ गतेलाई पेसी तोकिएको छ ।


प्रकाशित :- २०८१ माघ १३, गते आईतवार

