
माघ १ गतेदेखि सुरुहुने प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । प्रतियोगितामा विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन् ।
प्रशिक्षकको रूपमा निरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा र फिजियो तथा सहायक प्रशिक्षकमा दीपेन्द्र बोहरा रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।
यही पुस १९ देखि २५ गतेसम्म बैतडीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजनामा र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा सुरु हुने छ।
