मङ्गलवार देखी बौनियामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज आइतबार लोक दोहोरी गायक रामजी खाँड आउने भएका छन् ।
‘कृषि व्यापार,संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकास निर्माणाधीन सेती लोकमार्गको निकास’ मूल नाराका साथ सुरु भएको महोत्सवको साङ्गीतिक कार्यक्रमको पाँचौँ दिन आज गायक खाँड आउने आयोजकले जनकारी दिएको छ । यस्तै गायिका सोनु कुश्मी र उद्घोषितका उमादेवी खनालको समेत प्रस्तुति रहने प्रचार प्रसार संयोजक पदम राज ओझाले जानकारी दिए ।
महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक बौनिया बजार समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।



प्रकाशित :- २०८१ पुष १४, गते आईतवार

