भारतीय क्रिकेट टोलीका विकेट किपर ब्याट्सम्यान ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका ऋषभको न्यूनतम मूल्य २ करोड भारु रहेको थियो ।
यसअघिका सर्वाधिक मुल्य पाउने खेलाडीमा श्रेयस अय्यर रहेका थिए । यसै अक्सनमा अय्यरलाई पन्जाब किंग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।
यसअघि गत वर्ष कोलकाता नाइट राइडर्सल् मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।
१२ खेलाडीको अक्सन सकिँदा सर्वाधिक कम मुल्य पाउनेमा लियम लिविगंस्टोन रहेका छन् । लिविगंस्टोन ८ करोड ७५ लाखमा रोयल च्यालेन्जर्स बेङ्गलोरले अनुबन्ध गरेको छ ।