
दार्चुलामा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा फेला पारी धामीसहित ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ३२ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास पनि फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।





प्रकाशित :- २०८१ कार्तिक २६, गते सोमबार