कैलालीका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छली ल्याएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र त्यस मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन वटा मोटरसाइकल सहित ५ लाख बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।
जिल्लाको टीकापुर, धनगढी र भजनबाट अबैध सामान बरामद गरिएको हो । आइतबार टीकापुर नगरपालिका–९ ठोके बजार नजिकैबाट ४ लाख ४२ हजार ८५० मुल्यको हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन थान मोटराइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
यस्तै धनगढी उप–महानगरपालिका–२ र वडा नम्बर १३ बाट ४७ हजार ६ सय मुल्यको कपडा, सुर्तिजन्य पदार्थ र प्लाष्टिक झिल्ली तथा भजनी नगरपालिका–७ शिविर टोलबाट १० हजार ४ सय मुल्यको चिनि र हरियो खुर्सानी बरामद गरेको हो ।


