कैलालीको ६ लेन सडक अन्तर्गत गेटामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

भोजलाल चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुनिल डगौराले चलाएको सुदूरपश्चिम प्रदेश ०१-०१२ प ५६३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा आज (बुधवार) दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुर्घटना हुँदा मोटरसाइकल चालक डगौरा र सोही मोटरसाइकल पछाडि सवार महेन्द्र चौधरी घाईते भएका छन् । डंगौराको अवस्था गम्भिर रहेको र महेन्द्रको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।



