नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । दोस्रो पटक पनि पत्रकार महासङ्घको चुनाव नहुने निश्चित प्रायः जस्तै भएपछि पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् ।
पत्रकार महासङ्घको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरूले जोडदार माग गरेका थिए ।
नामावली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति जस्तै बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलले नैतिकताका आधारमा राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
पत्रकार महासङ्घ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको भए पनि हालसम्म निर्वाचन हुन भने सकेको छैन् । महासङ्घ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ । तर अझै पनि निर्वाचन कहिले हुने भन्नेबारे टुङ्गो छैन् । अन्यौलताकै विच केन्दीय अध्यक्ष पोखरेलले पदबाट राजीनामा दिएका छन् ।



