अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनगढीले सञ्चालन गरेको एसइई ग्रेड वृद्धि निःशुल्क कक्षाको शुक्रवार समापन भएको छ । ग्रेड वृद्धिको अवसर पाएका अति विपन्न विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै अनेरास्ववियु धनगढी नगर कमिटीले गत असार १७ गतेबाट निःशुल्क कक्षाहरू सञ्चालन गरेको थियो ।
निःशुल्क कक्षाबाट धनगढी सहित विभिन्न पहाडी जिल्लाका सय बढी विद्यार्थीहरू लाभान्वित भएको अनेरास्ववियू धनगढीका अध्यक्ष उमेश विक्रम बमले जानकारी दिए । “अहिले पनि समुदायमा सुल्क तिरेर कक्षा लिन नसक्ने अवस्थाका विद्यार्थीहरू पनि छन् । हामीले त्यस्ता विद्यार्थीहरूको पहिचान गरी एक महिने निःशुल्क कक्षा चलाएका हौ । जेहनदार र इमानदार विद्यार्थीहरूका लागी निःशुल्क कक्षा निकै उपयोगी बन्ने अपेक्षा गरेका छौ ।” उनले भने ।
प्रकाशित :- २०८१ श्रावण १९, शनिबार ०९:१०


