एजेन्सी : अस्ट्रेलियामा हरेक वर्ष ७ लाख टन भन्दा धेरै खाद्यान्न खेर फाल्ने गरिएकोे एक अध्ययन प्रतिवेदनले देखाएको छ । इन्ड फुड वेस्ट अस्ट्रेलिया (इएफडब्लुए) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अस्ट्रेलियालीहरूले दैनिक २ करोड ९० लाख डलर बराबरको खाना खेर फाल्ने गरेका छन् ।

अस्ट्रेलियामा रहेको इएफडब्लुएका प्रमुख कार्यकारी स्टिभन लापिजले अस्ट्रेलियामा ३७ लाख घरपरिवार खानाकै लागि सङ्घर्ष गरिरहेको अवस्थामा खाद्यान्न खेर फालिनु चिन्ताको विषय रहेको बताएका छन् । अस्ट्रेलियालीहरूले हरेक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अस्ट्रेलियाली डलर अर्थात् (२४ अर्ब ३० करोड अमेरिकी डलर) रहेको प्रतिवेदनले अनुमान गरेको छ ।
इएफडब्लुएका प्रमुख लापिजले सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने योजना रहेको पनि बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।



