
अत्तरिया : कैलालीको गोदावरीमा अपराध गरेर फरार भएका ४१ जना पक्राउ प्रहरीको फन्दामा परेका छन् ।


विभिन्न अपराधमा संलग्न भइ फरार भएका ४१ जनालाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताएका छन् । अदालतबाट अपराधमा दोषी ठहर भएपछि लुकेर बसेका ४१ जनालाई नियन्त्रणमा लिएको उनले बताएका हुन् । पक्राउ परेका ४१ जनाले १४ वर्ष एक महिना २७ दिन कैद काट्नु पर्ने देखिएको छ ।
साथै ती फरार प्रतिवादीबाट ९ लाख ४४ हजार ७ सय २४ रुपैयाँ जरिवाना समेत असुल भएको प्रहरीले बताएको छ । आर्थिक वर्ष २०८०/८१ मा सो सङ्ख्यामा विविध अपराधमा संलग्नहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेको हो । सो आर्थिक वर्षको अन्तिम तीन महिनामा ३० जना फरार दोषीलाई पक्राउ गरिएको छ ।

३ वर्ष २ महिना तीन दिन कैद र ७ लाख २६ हजार ९ सय ६५ जरिबाना समेत असुल भएको इलाका प्रहरी कार्यायल मालाखेतीका डीएसपी थापालले बताए । उनका अनुसार, लागुऔषध, बैंकिङ कसुर, वन पैदावार ओसारपसार, चोरी, बहुविवाह, जबरजस्ती करणी लगायत अपराधमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर लामो समयदेखि फरार भएकाहरुलाई पक्राउ गरेर अदालतमा पेस गरिएको छ ।



