जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई साबुन उत्पादन तालिम दिइएको छ ।
कारागारमा रहेका करिब ६० जना कैदीलाई पाँच दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको हो ।
कैदीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बताइएको छ । कारागार प्रमुख अनिल तिवारीले कैदीहरुलाई अझै करागारमै थप तालिमहरु दिइने र उनीहरुले सिकेको सीपले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि पहल भइरहेको बताए ।
बाजुरा कारागारको आयोजनामा दिइएको तालिम आइतबार सम्पन्न भएको हो ।
प्रकाशित :- २०८१ जेष्ठ २१, सोमबार १४:३७


