कैलालीमा भारतबाट अवैध रूपमा चाँदी भित्र्याउने गिरोह सक्रिय रहेको आशंका गरिएको छ। बर्दगोरिया गाउँपालिकाका केही युवाहरूको संलग्नता हुन सक्ने प्रहरीले जनाएको छ।
आइतबार ४४९ ग्राम चाँदीसहित केही व्यक्तिहरू पक्राउ परेका छन् भने अन्य संलग्नहरू फरार रहेका छन्। फरारहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनामा संगठित समूहको संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। यद्यपि, जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र टिमिल्सेनाले यस विषयमा थप सूचना दिन अस्वीकार गरेका छन्। हाल उनले कार्यालयको सार्वजनिक मोबाइल नम्बरसमेत स्विच अफ राखेको पाइएको छ।


