कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा अवस्थित गुराँस पब्लिक स्कुलको २० औँ वार्षिकोत्सव तथा अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ।
विद्यालयका संस्थापक तथा फाउन्डर जयराम भण्डाराको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा घोडाघोडी नगरपालिका–२ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चौधरी प्रमुख अतिथि तथा पूर्व वडा अध्यक्ष हरिराज विष्ट विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।
वार्षिकोत्सवको अवसरमा विद्यालयले तेस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो। साथै शैक्षिकसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतीहरूले उपस्थित अभिभावक तथा अतिथिहरूको मन जित्न सफल भएका थिए।
विद्यालयद्वारा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




