कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेका छन् ।
बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरी टोलीले आज बिहान २स्४० बजे राजुको घरमा खानतलासी गर्दा घरभित्र लुकाइछिपाइ राखिएको भरुवा बन्दुक (नाल–१), चित्तलको सिङ र खुट्टाको आधा भाग फेला पारेको थियो। यस्तै चन्द्रबहादुरको घरबाट पनि लोड गरिएको (छर्रा भरिएको) भरुवा बन्दुक नाल–१ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवैजनालाई हातहतियारसहित नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धमा थप अनुसन्धान जारी छ।


