कैलालीको भजनी नगरपालिका–५, लालबोझीस्थित सडकखण्डमा चेकजाँचको क्रममा लागू औषध ९खैरो हेरोइन० सहित ४ जना पक्राउ परेका छन् ।
मंगलबार राति ८ः४५ बजे इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा ५ ग्राम ६७० मिलिग्राम लागू औषध बरामद गरेको हो । उनीहरूको साथबाट दुई वटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी, घोडाघोडी नगरपालिका–१२ का २१ वर्षीय बिशाल चौधरी, भजनी नगरपालिका–४ का २१ वर्षीय विक्रम चौधरी, सोही वडाका २८ वर्षीय हनुमान चौधरी रहेका छन् ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


