संस्थागत विद्यालयहरूको संगठन ‘घोडाघोडी कलस्टर’को अध्यक्षमा रविलाल आचार्य चयन भएका छन्। मङ्गलबार सम्पन्न भएको कलस्टरको पहिलो साधारणसभाले आगामी कार्यकालका लागि आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। 
कार्यक्रममा क्लस्टरमा आबद्ध विभिन्न निजी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै सचिवमा जयराम भण्डारा, कोषाध्यक्ष युवराज बम र अन्य सदस्यहरू पनि चयन गरेको छ। 
नव-निर्वाचित अध्यक्ष आचार्यले शिक्षाको गुणस्तर सुधार, शिक्षक तालिम, विद्यार्थी मैत्री कार्यक्रम, र विद्यालयबिचको समन्वय मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विद्यालयबिच सहकार्य बढाएर शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो लक्ष्य रहेको बताए।
‘घोडाघोडी कलस्टर’ले घोडाघोडी नगरपालिकाभित्रका संस्थागत विद्यालयहरूबिच सहकार्य, तालिम, र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।


