डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शिखर नगरपालिका–७ बस्ने दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको आइतवार करिब १२ बजेतिर माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्दा मन्धरीको मृत्यु भएको हो ।


प्रकाशित :- २०८१ फाल्गुन २५, गते आईतवार

