प्रेस चौतारी नेपाल कैलाली र दार्चुला शाखा उत्कृष्ट शाखाका रुपमा सम्मानित भएका छन् । शुक्रबारबाट सुरु भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिबेशन उद्घाटनको अवसरमा यी दुई शाखालाई सम्मान गरिएको हो ।

प्रदेशमा रहेका ९ वटा जिल्ला शाखा मध्ये कैलाली र दार्चुलाले प्रेस चौतारीका गतिविधिहरुमा सक्रियता देखाएको तथा प्रभावकारी काम गरेको भन्दै सम्मान गरिएको आयोजक प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितीले जनाएको छ ।


प्रकाशित :- २०८१ फाल्गुन १६, गते शुक्रबार

