कैलालीको खुटिया नदीमा डुबेर एक बालिका गम्भीर घाइते भएकी छन् । अर्की बालिका भने बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आज (आइतबार) धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर ७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा धनगढी–१४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी नदीमा डुबेर गम्भीर घाइते भएकी छन् । १६ वर्षीया जेनिसा अवस्थी भने बेपत्ता भएको प्रहरीले बताएको छ ।
दुई बालिका नदीमा डुबेको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जनकराज पन्तको कमाण्डमा ५ जना प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सवि अवस्थीलाई नदीबाट निकालेर उपचारका लागि धनगढी ल्याइएको छ । भने, जेनिशा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालिकाको खोजीकार्य भइरहेको छ ।


