कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छन् । ४४ वर्षीय सरस्वती बिटालुलाई गए राति ११ बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।

बाघको आक्रमणले बिटालुको टाउको र मुखमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको थियो ।
बिटालुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेकोे पनि प्रहरी निरीक्षक सिंहले जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।



